Tuesday, February 17, 2015

नया शक्ति ले एस्तो गरोस !

नेपालमा नया शक्तिको बहसबारे रबिन्द्र मिश्रका लेखहरु बिगत केहि समय देखि पढ्दै आई रहेको छू । सामजिक संजाल बिशेष गरी ट्विटर मा एस्को बहस हेर्दा धेरै जसोले नया आउने शक्ति बौद्दिक , सामाजिक र राष्ट्रीय /अंतरास्ट्रीय परिबेश सङ्ग परिचित शक्ति लिएर आउनु पर्ने छ भन्ने मलाई लाग्छ /  यस्तो नया शक्ति आओस जस्ले बिश्व मान चित्रमा नेपालको शिर उचो भएरै हिड़ने पाइयोस ,हत्या हिंसा , भ्रस्टाचारले लतपतिएका अनुहारहरु तिनमा देखा नपरुन , गरीब को दुहाई दिदै तिनलाई तर्साउदै हिड़ने राजनैतिक पार्टी त्यो नहोस !

 अधिकांस नेपाली लाई कुनै बाद र दर्शन ले केहि मतलब गर्दैन ! त्यों यस्तो दल होस जहा सबै नेपालीहरु समान हैसियत का साथ नेपाली भएरै गर्ब  गर्न पाउन । कतीले केजरीवालबाट कपि गर्न खोजियो पनी भनेका रहेछन ,राम्रो कुरा हो भने नर्क बाट सिक्दा पनी केहि फरक पर्दैन ! उसो त अहिले भएका काँग्रेस भारतकै कांग्रेस आई र माओबादी को त नाम नै चिनिया माओको छ , तिनले कपि भनेर केहि फरक पर्दैन । उत्तर त्यति मै काफी छ , हामीलाई सिंगापुर , बेल्जियम ,  अस्ट्रिया , स्विजरल्याण्ड जस्ता साना देशको जस्तो प्रगति र नर्डिक देशहरु ( नर्वे , डेनमार्क , फिनल्यान्ड , स्वीडन ) जस्तो सुशासन चाहिएको छ ! प्रेरणा नर्डिक देश  बाटै लिनु पर्छ /त्यस्तै कर्णालीको गरीबी पनी सम्बोधन गर्नु पर्ने छ , नेपालीको बैज्ञानिक प्रगति  पनी खोज्नु पर्ने छ । एउटा नया जहाज आउँदा खुसी हुनु पर्ने लाज को पनी अन्त्य गर्नु पर्ने छ । 
नेपाली नागरिकहरु खाड़ी जानू पर्ने बाध्यता रोक्नु पर्ने आबश्यकता पनी नया शक्तिले आफ्नो प्रस्ताबना मा ल्याउनु आबश्यक छ । त्यस्तै यूरोप , अमेरिका र अस्ट्रेलिया तिर शरणार्थी भएरै नेपालीहरु  लुकेरा बस्नु पर्ने बाध्यता किन पर्यो त्यसको पनी कारण देखाई यथोचित कदम चाल्नु पर्छ । 
फेरी पुराना कांग्रेस , माओबादी , एमालेले सरंक्षण दिई राखेका पत्रकार , लेखक हरुले असंभव छ नया शक्ति भन्दा आत्तिनु पर्दैन ! नया शक्ति आएपछि तिनीहरु आफ्नो पुरानो छबि  बिग्रेला की भनेर डराई रहेका मात्र हून । 
चुनौती :
अहिलेको प्रमुख चुनौती भनेको राम्रो क्याम्पेन गर्नु हो ! ६५  बर्षको पछिको राजनितिक  दलहरुको असफलता मात्र केलाउने  हो भने पनी नया शक्ति बन्नू पर्ने कारण  त्यै हुन्छ जस्तो लाग्छ । त्यस्तै ,यो नया पार्टीले संसार भरी छरिएर बसेका नेपालीहरुलाई मातृभूमि प्रतीको स्नेह ले गर्दा नया शक्तीलाई सहयोग गर्न सक्ने बाताबरण सृजना होस । मेरो पूर्ण तया समर्थन हुनेछ , जय देश , जय नेपाल !!!!