Wednesday, April 6, 2011

१४ वर्षिया बालिकाको कृति बजारमा

काठमाडौँको मेरिडियन इन्टरनेस्नल स्कुल बालुवाटारमा कक्षा ९ मा अध्यनरत १४ बर्षीय छात्रा निर्दिस्टराज सापकोटाको कृति शीर्षक नदिइएको जीवन(Untitled Life ) बजारमा आएको छ ।

लेखक प्रबिन अधिकारीले सम्पादन गर्नुभएको उक्त कृति लेखिकाको आफ्नो उमेरभन्दा निकै परिपक्ब देखिन्छ । उक्त कृतिमा १७ वर्षिया युवती, विनोना फोर्सथ जो हलिउडकि कलाकार र गायिका पनि हुन् उपन्यास उनैको जीवन, ओस्कर नोमिनेसन र साथीसंगीहरुको वरीपरि घुमीरहेको हुन्छ ।

कृतिमा अमेरिकी “टीन लभ” कल्चर, घरमा पाल्तु जनावर राख्ने संस्कार, भ्यालेन्टाईन र क्रिसमसमा दिईने गिफ्टको सजिब प्रसङ्ग, फेशबुक ट्विटरमा फोटोहरु अपडेट गरिएका रोंचक कुराहरु, घुमफिर गर्न पेरिस र युरोपजाने अमेरिकी संस्कारलाई समेत समेट्न खोजिएको छ ।

पुस्तक पढिसकेपछि उच्च अमेरिकी घरानाको प्रतिनिधित्व गरेको जस्तो लाग्ने उक्त कृतिमा  पटक-पटक आउने सहाएक दृश्यहरुले अमेरिकी जीवनयापनलाई बुझ्न सजिलो गरि चित्रित गरेको पाईन्छ । कृतिमा अत्यधिक झर्रा (slang) शब्दहरु, च्याटमा प्रयोग हुने छोटो शब्दहरु, अमेरिकी खाद्यबस्तु र  कपडाका नामहरु, सांगीतिक उपकरणहरुको प्रयोगले नेपाली पाठकलाई बुझ्न केहि अमिल्दो लाग्न  सक्छ ।

हलिउडमा काम गर्ने तन्नेरी नायिकाले  आफ्नो तरुण अवस्थाका उतार चढाब ले परिवार र हलिउड छोड्नु परेको कारुणिक कुराहरु नैतिक शिक्षादिने खालका छन् । कृतिमा प्रस्तुत गरिएका पात्र र प्रसङ्ग तन्नेरीकेटिका बारेमा चल्ने अमेरिकी टिभी सिरियल हेना मोंनटोना (Hannah Montana) बाट प्रभाबित हुन् कि भन्ने लाग्छ ।

लेखिका आफैं अमेरिका कहिल्यै देखे नभोगेको भएपनि लेख पढ्दा पाठकहरुलाई लाग्छ लेखिका आफैं अमेरिकी समाजमा त हुर्किएकी होइनन् भन्ने भान पर्न जान्छ, यो पनि एउटा उनको रमाइलो खुवी नै मान्नुपर्छ ।

लेखिकाले आफ्नो लेखनलाई क्रमिक रुपमा अगाडि बढाउँदै जाउन, यही शुभकामना ।

No comments:

Post a Comment