Monday, February 7, 2011

युवाहरुको विदेश मोह र देशप्रतिको नैराश्यता




आज सोमबारको दिन, बिहान घरबाट १० बजे नै निस्के । मैले सोंचे आज पुरा बिदेशी ढोकाहरुमा पाईलो टेकेर फर्कने छु । घरबाट निस्कने शुरुमै परराष्ट्र मन्त्रालय (नारायण हिटी) मा विभिन्न जिल्लाबाट आएका सर्बसाधारणको भिड देख्दा मलाई मनमा एक किसिमको जलन भै रह्यो । निर्दोष, सोझो अबुझ देखिएका ति अनुहारहरुमा रोग, गरिबी, अशिक्षा र भोक प्रस्ट झल्कन्थ्यो । कतिपएको शरीर समेत यो जाडोमा  राम्रोसंग छोपिएको थिएन, कतिपय चप्पल समेत तुना टालेको अवस्थामा लगाएका थिए, कतिपय आफ्ना बच्चा काखमा लिएर लाईनमा बसेका थिए, त्यै सडकको पेटीमा कतिपय चनाचटपटे, बदाम, पानी र भटमास बेच्दै थिए । त्यो देख्दा जो कोहीको मनमा पनि एक किसिमको नरमाइलो लाग्नु स्वभाविक देखिन्थ्यो ।

जाजरकोटबाट आएका एक जना दाइले पास फोटो (उनकै शब्दमा) बनाउन लाईनमा बसेको ४ घण्टा भयो भन्दै दुख पोख्दै थिए । पासपोर्ट लामको असर केशर महल, कान्तिपथ, दुग्ध बिकाश संस्थान रहेको भवन, नारायण हिटी पर्खालमा बनाइएका सौचालय, भगवानका तस्बिरहरु राखिएका ठाउँसम्म प्रस्ट देखिन्थ्यो । वरपर फोटो कपि पसलहरुमा पसलेलाई पास पोर्ट फारम फोटो कपि गर्न भ्याई न भ्याई थ्यो । उता शिक्षा मन्त्रालय रहेको केशर महलमा विदेश पढन जाने ब्योहोरामा नो अब्जेक्सन लेटर लिन भनि आउने युवा बिद्यार्थीको चाप पनि उलेख्य थियो । त्यहाँबाटमा पुतली सडकतिर लागेको थिए, कोचिंग सेन्टरहरुमा जीआरई, जिम्याट, टोफल, आईएलटीएस, एमलई तयारी कक्षा भन्दै खोलिएका परामर्श केन्द्रहरुमा बिद्यार्थीको चाप पनि उत्तिकै थियो । आखिर हाम्रो उमेर समूहका धेरै बिद्यार्थीहरु किन जान्छन त विदेश ? पुतली सडकको कोलिन्स इन्स्टिच्युटमा जीआरई तयारी गर्दै गरेका चाबहिलका अनुप अधिकारीले राम्रो बिश्वबिद्यालयमा पढ्न र देशमा जागिर नपाएकोले विदेशमा जान लागेको बताए । भौतिक भौतिक शास्त्रमा स्नातकोत्तर उनलाई विदेशमा पढाई र जागिर राम्रो हुन्छ त भनि सोध्दा यो मैले जोखिम लिएर जान लागेको हु भन्ने प्रतिक्रिया दिए । 

अस्ट्रेलिया, सिंगापुर, बेलायत र खाडी मुलुक जान थालेको चलनले गर्दा गाउँ घर आजकल सुन्य छन्, गाउँमा बुढाबुडी मात्र प्राय घर मा हुन्छन । युवा उपस्थिति छैन, कसैको बिहेमा जन्ती जान र कोहि मर्यो भने मलामी पाउन मुस्किल पर्छ । स्थानीय चुनाब हुने बेला वडाअध्यक्ष भेट्न मुस्किल पर्छ । फेरी विदेशबाट फर्के पछी प्राय; को उद्देस्य सहर र बजारमा घर /घडेरी जोड्नु हुने रहेछ । खाडी मुलुकमा जाने दाजुभाइले गर्दा देशको अर्थतन्त्र/रेमिट्यान्स भित्रन्छ, त्यसैले धानेको छ, त्यो राम्रो हो ,तर विदेश मा गरिने दुख येही गर्ने हो भने येही पनि राम्रो हुन्थ्यो कि ? मलाई मन मा लागी रहेथ्यो । 

त्यस त्यसपछि म साथी बिनोदसँग युएसईएफ(USEF) ग्यानेश्वरतर्फ लागें । त्यहा पनि परामर्श लिनेहरुको अत्यधिक भिड थियो । छात्रवृत्ति, अमेरिकन भिसा र बिश्वबिद्यालयको बारेमा जानकारी लिन जिन्स पाईन्ट, टी-शट .कन्भर्स शु लगाएका भर्खर जुँगाको रेखी बसेका किशोर/किशोरहरुको बाहुल्यता बाक्लो थियो ।

कोरियन, जर्मनी र युरोपियन बिश्वबिद्यालय पढन/काम  गर्न पठाउने भनि खोलिएका परामर्श केन्द्रहरु होउन या अन्य चोर बाटोहरु नेपालीहरु ती सबैमा पैसा तिर्नु र आफुलाई स्वदेश भन्दा विदेश गए भनेर गफ दिनु मै गर्ब ठान्छन । बुझ्दा धेरै बिदेशिनेहरुको चाहना नै डलर कमाउने नै हुने रहेछ । एकाद बाहेक प्राय:ले कलेज समयमा पनि काम गर्ने संयुक्त राज्य अमेरिकास्थित बाल्टिमोरमा बायोकेमिस्ट्रीमा स्नातकोत्तर पढ्दै गरेका एक मित्र संयम शर्माले फेशबुक मार्फत बताएका थिए । 
देशमा रहेका कलेज हरुमा अत्यधिक राजनीति हुनु, पाठ्यक्रम परिमार्जित नहुनु, समयमा शैक्षिक क्यालेन्डर अनुसार परिक्षा /नतिजा नआउनु जस्ता कारणले युवा बिदेसिदा रहेछन, फेरी खाडी मुलुकमा युवाहरु बिदेशिने कारण रहर नभई बाध्यता रहेछ ।

देशमै पनि राम्रा बिश्वबिद्यालयलाई लिंक गरेर एहि पनि राम्रो शैक्षिक थलो बनाउन सकिन्छ । हाम्रो छिमेकी देश भारतमा हालमात्रै पनि क्याम्ब्रिज, एमआईटी लगाएतका  प्रमुख शैक्षिक संस्थाले शाखा खोल्न लागेको समाचार आएको थियो, हाम्रो देशमा पनि त्यस्ता बिश्व बिद्यालयसंग सम्झौता मिलाउन सके राम्रो हुन्थ्यो । भर्खरै थाईल्याण्डको ए आईटीले काठमाडौँमा शाखा खोल्दै छ भन्ने संचारमाध्यममा आएको थियो । यस्ता खबरहरु अझ बढी सुन्न पाए युवाहरु अझ बढी आशावादी हुन्थे कि ?

सरकारले स्वरोजगारसम्बन्धी ल्याएको कार्यक्रमलाई लागू गर्न सकेको भए खाडी मुलुक जान बाध्य युवाहरु देश मै केहि गर्थे कि ? देशका बिश्वबिद्यालयमा नया कोर्ष र समय अनुसार पाठ्यक्रम परिमार्जन गरेर युग सुहाउदो पाठ्यक्रम निर्माण गर्न सकिन्छ, कोर्स र पाठ्यक्रम नया नया लागु गर्न सके राम्रो हुन्थ्यो । स्नातकसम्म पढाई हुने कलेजहरुमा राजनीति निषेध गरेर देशको शैक्षिक स्तर उकास्न सक्निथ्यो ।

देश कै बैदेशिक नीति, प्रशासन, कानुन, शैक्षिक क्षेत्र, सूचना प्रविधिमा काम गर्दा इज्जत र सम्मान दुवै राम्रो हुन्छ भन्ने कुरा युवाले बुझ्नु जरुरि छ । विदेशमा अपमानित भएर काम गर्नु भन्दा आफ्नै ठाउँमा सम्मान र इज्जत, शान बढी हुन्छ भन्ने बुझ्न आबस्यक छ । चीन र युरोपियन देशमा युवाहरुलाई राज्यले उचित सम्मान/तलब दिए पछि ती देशहरुमा अमेरिका अध्ययनपश्चात धेरै युवाहरु स्वदेश फर्केको  र बिज्ञान प्रविधिमा ती देशहरुले प्रगति गरेको पाईएको छ । हाम्रो देशमा समेत त्यो लहर भित्राउनु आब्श्यक छ ।

अहिले देश भित्र रहेका मध्यम बर्गीय युवाहरु प्राय: राजनीति सभा, गोस्ठी, सम्मेलनमा नै आफ्नो जिबनको महत्वपूर्ण समय(अध्यन गर्ने समय ) मा पार्टीको गोटीको रुपमा आफ्नो समय गुजारी रहेका छन् । युवाहरुमा व्यापक नैराश्यता, कुण्ठा छाएको पाइन्छ । देशमै केहि गर्छु भन्ने युवाले समेत उचित अबसर, सम्मान पाउदैन । राजनीतिक पार्टीहरुले पढ्ने उमेरका युवाहरुलाई आफ्नो गोस्ठी, सभामा सामेल गराएर ब्रेनवाश गरेका छन्, तिनीहरुले पाप गरिरहेका छन् । यस्तो स्थितिमा देशमा भएको शैक्षिक अशान्ति, भद्रगोल, युवा पलाएन आदिलाई रोकी देशलाई युवा ट्रयाकमा ल्याउन नया युवा शक्ति बौदिक, लोकतान्त्रिक निस्क्यो भने त्यो आन्दोलनलाई सबै युवाले साथ दिन सक्छन, राजनीतिक पार्टीमा रहेका नेताहरुले समेत त्यो शक्तिलाई स्विकार्न बाध्य हुनेछन, त्यो शक्ति विदेशका प्रतिष्ठित बिश्वबिद्यालयमा पढेको र देशका बौदिक जमातलाई हस्तान्तरण गर्न सक्ने भयो भने देशको मुहार फेरिन्थ्यो कि ?? नत्र देशमा त्यस्तो खासै परिवर्तन देखिदैन ।



नेपाली पोस्ट मा मेरो लेख

No comments:

Post a Comment