Thursday, March 3, 2011

उचित व्यक्ति अनुसार को पद


कुनै पनि देशको  राजनैतिक पार्टीमा योगदान , समर्पण एबम संघर्ष गरेका  व्यक्तिहरू सरकार को उच्च पदमा पुग्छन ,त्यो बिश्वको  सबै देशहरुमा भएका पार्टी हरु मा लागु हुन्छ | तर पार्टी को योगदान समर्पण भन्दै मा  कुनै पनि देशका पार्टीहरू  ले अशक्षम व्यक्ति लाई  सरकारका महत्वपूर्ण  जिम्मेवारी सुम्पदा त्यो राष्ट्र ले भने ठुलो नोक्सानी बेहोर्दछ | त्यस्तै व्यक्तिको  रहर  मा सरकार प्रमुख वा मन्त्री  बन्दा/बनाईदा  त्यसको असर  राष्ट्र ले कालान्तर सम्म बेहोर्दछ | मानब अधिकार हननको  घटनामा आरोपित हरूलाई सरकारको  महत्वपूर्ण मन्त्रलाय हरू  मा सामेल गराउदा आम जनमानस मा नराम्रो छाप पर्छ | राणा शासन ,पंचायत शासन , शाही शासन लाई हामी ले यिनै अबगुण  हरु ले गर्दा आज इतिहासका पानामा  मात्र सिमित पाउछौ | हालशालै प्रधान मन्त्री  झलनाथ खनाल ले समेत सैनिक  दिवस मा तुन्दिखेल बाट  बाईनोकुलर को लेन्स नै नखोली दृश्यअबोलकन गरेको  तस्बिर प्रमुख मेडिया हरुले  प्रमुखता का साथ छापेका थिए | यस बाट खनाल को बाईनोकुलर  रहर पनि कतै प्रधानमंत्री बन्ने मात्र रहर त होईन भन्ने मेडियाको इंगित हुन  सक्छ | सानो कुरा भए पनि बाईनोकुलर  चलाउन खोज्ने ले  कम्तिमा  त्यसको बिर्को/ढकनी खोल्नु पर्छ भन्ने ज्ञान सम्म हुनु पर्ने हो |
बिश्वबिध्यालयका उपकुलपति , विदेश स्थित  राजदूत ,लोकसेवा एबम अख्तियार आयोग का प्रमुख समेत पार्टीको भागमा बाडफाड गर्ने हाम्रो देशमा मन्त्रलय समेत कार्यक्षमता  अनुसार छानिदैन त्यो जगजाहेर  नै अनुमान गर्न सकिन्छ | महिला  मंत्री फेरी पनि पुरुष  नै बन्न बेर लाग्दैन | तसर्थ  मन्त्रालय बाडफाड मा त्यो क्षेत्रसंग सम्बन्धित पार्टीमा योगदान दिएका , चुनाब जितेका व्यक्ति हरू पठाउन सके  ति मन्त्रीले पनि राम्रो गर्न सक्थे कि ? स्वास्थ्य  मंत्री पठाउदा पार्टीमा लागेका दक्ष चिकित्सक एबम जनस्वस्थ्य कर्मी लाई पठाउन सके  उनले कहाँ के समस्या छ , जाजरकोट  मा झाडा पखाला लाग्न नदिन फेरी के गर्ने , कति वटा  मेडिकल कलेज देशमा अब थप्ने  ईत्यादी कुरामा थाहा सम्म हुन सक्थ्यो  | त्यस्तै  बिज्ञान ,अर्थ शास्त्र , कानून , परराष्ट्र ,उर्जा , संचार  जस्ता मंत्रालयमा सम्बन्धित  क्षेत्रका योग्य उमेद्वार लाई सरकार मा पठाएमा पार्टी को छबी पनि राम्रो बन्ने  थियो |  
उदाहरण को लागी परराष्ट्र मन्त्री छान्दा देश को कुटनीति र बाह्य  सम्पर्क लाई राम्रो संग  बुझेको व्यक्ति छानिएमा  देश लाई अन्तराष्ट्रिय  स्तर मा राम्रो संग प्रस्तूत गर्न सक्छन | नेपालकै बिश्वबिध्यालयका  उत्पादन भएर होला प्राय: नेपाली परराष्ट्रकर्मी(बिदेशी कुटनीतिज्ञ ) हरू अन्तरष्ट्रिय मंचहरूमा आँफुलाई अन्य बिदेशी सहकर्मी सरह प्रस्तूत गर्न सक्दैनन | कतिको अंग्रेजी मा समस्या हुन्छ त , कतिलाई बिषय बस्तुको ज्ञान , बोल्ने शैली र गति मिल्दैन | जसले गर्दा देशले इज्जत र  सम्मान मा ठूलो क्षति बेहोर्दछ | तसर्थ पद र क्षमता अनुसारको व्यक्ति छान्दा होसियारी अपनाईयमा देश को भलो हुने थियो |
त्यस्तै च्याउसरि खुलेका एफएम र टेलीभिजन लगाएत  का संचारगृहमा  समेत समाचार बाचक हरू मा राम्रो ज्ञान  को अभाव पाईन्छ, कतिले त  भ्रामक समाचार पनि दिई  रहेको पाईन्छ  | त्यस्तै  विभिन्न कलेज एबम स्कुलहरू मा समेत सम्बन्धित बिषय शिक्षकले अध्यापन नगरी मन परि जस्तो  गरेको पाईन्छ | यी सब कुरा हरू को मनिटर गर्न कुनै एउटा निकायले भूमिका निर्बाह  गर्ने हो राम्रो हुन्थ्यो कि ? तसर्थ कुनै पनि देशको  बिकाश हुन लाई  त्यो देश को नीति नियम , परराष्ट्र नीति , कानून , शिक्षा , स्वास्थ्य , संचार लगाएतका क्षेत्रहरूमा उचित जनशक्ती छिरेर देशलाई योगदान दिन सके देशको द्रुत बिकाश हुन बेर लाग्दैन !

No comments:

Post a Comment